भारत र चीनमा विशेष दुत पठाउने मन्त्रीपरिषद्को निर्णय

श्रावण २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको मन्त्री परिषद्को बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत र चीन पठाउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारतमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र चीनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई पठाउने निर्णय गरेको हो ।महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले मिसावट, कालोबजारी र कृतिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाई गर्नका लागि ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।

कात्तिक ८, २०८१ बिहीबार ९:५:५१