भारतसँगको सम्बन्धले चीनसँग दूरी बढ्दैन, ‘प्रधानमन्त्री’

२ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने औपचारिक भारत भ्रमणपछि आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले आफ्नो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनु भएको हो ।
प्रधानमन्त्रीले भारत र चीनसँग नेपालको सम्बन्धको आयाम फरक भएकाले भारतसँगको सम्बन्धले चीनसँग दूरी नबढ्ने बताउनुभयो । ‘भारत–नेपाल र चीन–नेपालको सम्बन्धको आयाम फरक फरक छन्’, प्रधानमन्त्रीले भन्नुभयो, ‘एकतिरको सम्बन्धले अर्को सम्बन्धमा असर पर्दैन ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण सफल भएको बताउनुभयो । भ्रमणपछि दुवै देशका प्रधानमन्त्रीले २५ बुँदे बक्तव्य जारी गर्नुभएको थियो । वक्तव्यको १० नम्बर बुँदामा राखिएको नेपालको संविधान संशोधनको बिषयमा प्रष्टीकरण दिंदै प्रधानमन्त्रीले संसारभरीको प्रचलनको आधारमा बुँदा राखिएको स्पष्ट पार्नुभयो ।
आफ्नो भ्रमणको क्रममा भारतको सहयोगमा बन्न लागेका पुरानै परियोजनाको काम अघि बढाउन जोड दिइएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।_DSC0277

कात्तिक ७, २०८१ बुधबार १३:१४:२५