भारतीय राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, ४ फागुन । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले आज साँझ अध्यक्ष प्रचण्डलाई भेट गर्नुभएको छ । अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र मधेसी सहितको राजनीतिक संयन्त्र बनाउने बिषयमा छलफल भएकाे थियो । अध्यक्षले प्रधानमन्त्री ओलीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले राजनीतिक संयन्त्र बनाउने बिषयमा दलहरुबीच छलफल भईरहेको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १२:९:१४