दुनियाँको कुनै ताकतले माओवादी एकता रोक्न सक्दैनः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं, ३१ बैशाख । अध्यक्ष प्रचण्डले माओवादी पार्टीहरु चाँडै नै एक हुने जानकारी दिँदै माओवादीहरुको एकता कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । विस्तृत शान्ति सम्झौता र युद्धकालीन मुद्धाहरुका बिषयमा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘किरण जि र विप्लव जि पनि ढिलो चाँडो आउनु हुन्छ ।’ antarkriya-3

अध्यक्षले राज्यका कुनै न कुनै अंगबाट लखेट्न खोजिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनयुद्धमा प्रत्यक्ष सहभागी माओवादी नेता–कार्यकर्ता, नेपाली काँग्रेसका नेता कार्यकर्ता, नेपाली सेना र नेपाल प्रहरीको एउटै मनोविज्ञान छ । तर अन्यहरुले भने लडाई होस् भन्न चाहान्छन् । नेपालमा दुई धार छन्, नेपालमा शान्ति प्रगति उन्नति नहोस् भन्ने र अर्को नेपालकमा राजनीति स्थिरता, शान्ति, परिवर्तन होस् र यसलाई संस्थागत गर्दै अगाडि बढ्न चाहान्छ । नेपाललाई भूमरीमा राख्ने सोचाई छ । कहिले काहीँ क्रान्तिकारीले भ्याएन भने प्रतिक्रान्तिकारीले सिकाउँदछ । म लगायत प्रमुख नेताहरु ज्ेल ग एभने तपाईहरु के गर्नुहुन्छ ? तपाईहरु बिद्रोह गर्नुहुन्छ, त्यो जाहेज हुन्छ । म नेतृत्वमा आए पछि नेपाली राजनीतिमा नयाँ तरंग आएको हो । १० वर्षको छोटो अवधिमा सिंगो देशलाई हाम्रो ऐजेण्डामा ल्याएका हौं । यसलाई भत्काउन खोजिन्छ र हाम्रा साथीहरुलाई अपमान गरिन्छ भने हामी सबै माओवादीहरु एक हुनै पर्छ र जनताका दुश्मनलाई धारासायी बनाउनै पर्दछ ।’antarkriya

कात्तिक ७, २०८१ बुधबार ११:११:३९