भोली बिहान ८ बजे पार्टीको पोलिट्ब्यूरोको बैठक बस्ने

काठमाडौं, १९ जेठ । आज बिहान लाजिम्पाटमा बसेको पार्टी कार्यालयकाे बैठकमा संगठन सम्बन्धि प्रस्ताव तयार गर्न बनेको कार्यदलले पेश गरेको रिपोर्ट माथि छलफल भएको छ । हिजो साँझ बसेको कार्यालयको बैठकमा कार्यदलले उक्त रिपोर्ट पेश गरेको थियो । हिजोको बैठकमा उक्त रिपोर्टमाथि प्रारम्भिक छलफल भएको थियो ।  नेता वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा रहेको उक्त कार्य दल ९ सदस्यीय रहेको छ । बैठकले भोली बिहान पार्टीको पोलिट्व्यूरोको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

कात्तिक ७, २०८१ बुधबार १३:२:२९