‘समाजका सबै क्षेत्रमा महिलाहरुको समान सहभागिता हाम्रो पार्टीको चाहना’

काठमाडौं, १९ जेठ । अध्यक्ष प्रचण्डले समाजका सबै क्षेत्रमा महिलाहरुको समान सहभागिता आफ्नो पार्टीले चाहेको बताउनु भएको छ । अन्तर पार्टी महिला सञ्जालको प्रतिनिधि मण्डललाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा भेट गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘ जनयुद्धको बेलामा त पार्टीमा झण्डै ४० प्रतिशत भन्दा बढि महिलाको संख्या थियो ।

हाम्रो पार्टीमा अहिले केन्द्रीय कार्यालयमा, महिला, प्रवक्ता महिला, पोलिट्व्यूरो र केन्द्रीय समितिमा पनि महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ ।’ सो अवसरमा महिला सञ्जालका प्रतिनिधिहरुले माओवादी पार्टीहरुको एकता पश्चात बनेको नेकपा (माओवादी केन्द्र) को अध्यक्ष निर्वाचित हुनु भएकोमा अध्यक्ष प्रचण्डलार्इ बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । महिला सञ्जालकी अध्यक्ष प्रतिभा राणाको नेतृत्वमा आएको उक्त प्रतिनिधि मण्डलले पार्टीका सबै तहमा कम्तिमा एक तिहाइ महिला सहभागिताकाे निम्ति सुझाव दिनुभएकाे थियो ।

कात्तिक ७, २०८१ बुधबार १५:९:२