मओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठक सम्पन्न

मंसीर ६, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठक सोमबार लाजिम्पाटमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको थियो । बैठकले सोमबार बेलुका बस्ने प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल र आवश्यक निर्णय लिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई अधिकार दिएको छ । साथै पार्टीको संगठन लगायतका विषयमा आवश्यक निर्णय लिन मंसीर ११ गते पार्टीको पोलिट्ब्यूरो बैठकको आयोजना गर्ने निर्णय भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भन्नुभयो, आजको बैठकमा संविधान संशोधन र पार्टीको संगठनात्मक विषयमा छलफल भयो । प्रधानमन्त्रीज्यूले आज पाँच बजे प्रमूख दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ । संविधान संशोधनका विषयमा उक्त बैठकमा छलफल हुनेछ, पार्टीको आन्तरिक संगठनबारे निर्णय गर्न मंसीर ११ गते पोलिट्ब्यूरोको बैठक बोलाइएको छ ।

कात्तिक ८, २०८१ बिहीबार २२:२१:५७