मतदातालाई धन्यवाद दिन प्रचण्डकाे घरदैलाे

मंसिर २६, भरतपुर। चितवन क्षेत्र नं.-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदातालाई धन्यवाद दिन घरदैलाे अभियान सञ्चालन गर्नुभएकाे छ।
साेमबार सांसदमा निर्वाचित हुनुभएका अध्यक्ष प्रचण्डले मंगलबार बिहानैदेखि अाफ्नाे क्षेत्रका मतदातालाई धन्यवाद दिन घरदैलाे गर्नुभएकाे हाे। मंगलबार अध्यक्ष प्रचण्डले शिवनगर, महेन्द्रचाेक, फूलवारी, मंगलपुर, विजयनगर, रामपुर, चनौली बजार, ज्याेतिनगर, पर्साढाप, गोलाघाट, लेवरनगर, शुक्रनगर, पार्वतिपुर, हुँदै लाहुरेचाेकका मतदातालाई धन्यवाद दिनुभएकाे हाे।
मतदातालाई धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “चितवनकाे विकास र समृद्धिकाे नेतृत्व गर्ने अवसर दिनुभएकाेमा यहाँहरुलाई धन्यवाद छ। अब देश राजनीतिक स्थायित्वकाे चरणमा प्रवेश गरेकाे छ। सम्पूर्ण तागत लगाएर चितवन र समग्र नेपालकाे विकासका लागि मैले अाफूलाई समर्पित गर्नेछु।”
घरदैलाेका क्रममा अध्यक्ष प्रचण्डले मतदाताका घरघरमा पुगेर धन्यवाद दिनुभएकाे हाे। घरदैलाेका क्रममा मतदाताले अध्यक्ष प्रचण्डकाे स्वागत गरेका थिए। मतदातालाई धन्यवाद दिन प्रचण्ड बुधबार चितवनकाे माडी जाने कार्यक्रम छ।

कात्तिक ८, २०८१ बिहीबार ६:५:१२