मधेसी जनताले भने, प्रचण्ड नै हाम्रा क्रान्ति नायक

सिरहा, ३ चैत । मधेसी जनता आफ्ना प्रिय नेताको प्रतिक्षामा सडक किनारमा लामबद्ध थिए । चर्को घाम त्यसमा पनि मध्यान्हको १२ बजेको समय । पसिना काढ्दै युवाहरु र सेतै फुलेका वृद्धवृद्धा मधेसी जनताको लामो पंक्ति सिरहाको बन्दिपुरबाट अध्यक्ष प्रचण्डको स्वागत गर्न सडक किनारमा लामबद्ध थियो । आइतवार फागुन ३० गते तराई–मधेसमा अध्यक्ष प्रचण्डको उपस्थितिले त्याहाँका जनतामा उर्जा भरिदियो । ६ महिना लामो नाकाबन्दीले आहतमा रहेका मधेसी जनताका लागि अध्यक्ष प्रचण्डको उपस्थिति एक प्रकारको राहत नै बन्यो । सडक किनारमा हातमा फुल र माला लिएर उभिएका मधेसी जनताले आफ्ना नेतालाई भेटेर महिनौंको तिर्सना मेटेका थिए । लामवद्ध जनसमुदायलाई हरेकलाई अध्यक्षले सन्चो विसन्चो र हाल खबर सोध्नुभएको थियो ।

madhesh
बन्दिपुरबाट युवाहरुको मोटरसाइकल र्याली सिरहा सदरमुकामसम्म

सो स्थानबाट एक हजार भन्दा बढी मोटसाइकलमा सवार युवाहरुले सडक ढाकिएको थियो । बन्दिपुरदेखिको एमाओवादी नेता कार्यकर्ता सवार मोटरसाइकलको र्यालीले सडक रक्तरञ्जित थियो । मोटरसाईकलमा एमाओवादी झण्डा र ब्यानर बोकेका युवाहरु बन्दिपुरदेखि सिरहा सदरमुकामसम्म मोटर साइकलको र्यालीमा एमाओवादीको नारा लगाईरहेका थिए ।

mashesh_CMPrachanda (4)
अध्यक्षको स्वागतमा लामबद्ध मधेसी जनसमुदाय

सिरहा जिल्ला विकास समितिको २३ औं जिल्ला परिषद्को बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहको उद्घाटनको कार्यक्रम स्थलमा पनि अध्यक्ष प्रचण्डलाई स्वागत गर्नेहरुको भीड पनि बाक्लै थियो । कार्यक्रममा मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले सम्बोधनका क्रममा केही असन्तुष्टी व्यक्त गरे पनि जिल्ला विकास समितिको कार्यालयमा अध्यक्ष प्रचण्डको सम्वोधन सुन्न जिविस परिसर वरिपरि हजारौं मधेसी जनसमुदायको भीड नै लागेको थियो भने कार्यक्रम हलमा उभिने कुनै ठाउँ नै थिएन ।

madhesh_ryali
बन्दिपुरबाट युवाहरुको मोटरसाइकल र्याली सिरहा सदरमुकामसम्म

तराईमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरुले पनि सम्बोधन गरेको उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले नै सबै जाति समुदायहरुको पहिचानको विषय उठान गरेको बताउँदै त्यसलाई अहिले छाडेको आरोप पनि लगाए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले आफ्नो प्रेम मधेसी जनतासँग अटुट रहेको बताउनु भयो । उहाँले उत्पीडित जनतासँग आफ्नो प्रेम सदैव रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सो अवसरमा सिरहाको विकासमा आफूले विभिन्न संघसंस्थासँग छलफल गरिरहेको बताउनु भयो ।

mashesh_CMPrachanda (11)
जनताको घर–आँगनमा अध्यक्ष प्रचण्ड

कार्यक्रम पश्चात उहाँ सिरहा जिल्ला बढहरामाल गाविसको ६ नं. वडामा अध्यक्ष प्रचण्डले जनताको घरमा रात बिताउनु भयो । जनताको आग्रहमा उहाँले जनताकै घर आँगनमा रात विताउनु भएको हो । झिगटीले छाएको घरमा पाहुना बनेर आउनुभएका नेपालका राजनीतिक नेतृत्वका केन्द्र अध्यक्ष प्रचण्डलाई जनताले भुजा र माछाले स्वागत गरेका थिए । भोली पल्ट उहाँ उक्त गाउँका सर्वसाधरणसँग घरघरमा भेट्न पुग्नुभयो । सोमबार बिहान अध्यक्षले स्थानीय नायक समुदायका एक सर्वसाधरणका घरमा सुख्खा रोटी र आलुको तरकारी खानुभयो र लाग्नुभयो एक सिंचाई परियोजनाको शिलान्यास गर्न ।

mashesh_CMPrachanda (1)
जनतासँग घरदैलामा उनीहरुको सुखदुःख बारे जानकारी लिँदै अध्यक्ष प्रचण्ड
mashesh_CMPrachanda (12)
अध्यक्ष प्रचण्डलाई घर आँगनमा पाएका मधेसी जनता प्रशन्न देखिन्थे

शिलान्यास कार्यक्रममा सयौंको संख्यामा कमला नदी किनारमा उभिएका सयौं सर्वसाधारणहरु उहाँको पर्खाइमा रहेका थिए । शिलान्यास कार्यक्रममा उपस्थित जनसमुदायले नेपाली क्रान्तिका नायक, मधेसी मुक्ति आन्दोलनका नायक भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै नारा लगाएका थिए । १ करोड ५० लाख लागतमा निर्माण हुने उक्त परियोजना शिलान्यास गर्न राजधानीबाट नेपाल सरकारका सिंचाईमन्त्री उमेश यादव पनि पुग्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्षले नाकाबन्दी र मधेशमा भएको आन्दोलनका कारण विकास निर्माणका योजनालाई प्रभावित भएको र अब नाकाबन्दी खुलेकोले त्यस्तो नहुने बताउनु भयो । अध्यक्ष प्रचण्डको सिरहा ५ नं. निर्वाचन आफ्नो निर्वाचन क्षेत्र रहेको र यस क्षेत्रको विकासका लागि उहाँले थप विकास परियोजनाहरु ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । शिलान्यास पश्चात उहाँले धनुषा जिल्लाको पोर्ताहामा रहेको कमला हर्दिनाथ सिंचाई परियोजनाको अबलोकन पनि गर्नुभयो । mashesh_CMPrachanda (6)mashesh_CMPrachanda (8)mashesh_CMPrachanda (7)

सिरहा आउनु अघि उहाँले सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा वर्तमान सरकारले नै आउँदो चुनाव गर्ने बताउनु भएको थियो । उहाँले नेपाली काँग्रेस र मधेसी मोर्चा पनि यही सरकारमा आउने विश्वास व्यक्त गर्नुभयो । संविधान जारी भएपछि मधेस झर्ने उच्च नेतृत्वहरु मध्ये अध्यक्ष प्रचण्ड नै पहिलो नेतृत्व बन्नुभएको छ । मधेसी जनता अध्यक्ष प्रचण्डप्रति धेरै नै आशावादी देखिए ।mashesh_CMPrachanda (9)

mashesh_CMPrachanda (3)

 

कात्तिक ८, २०८१ शुक्रबार २:३:११