मधेसी मोर्चासँग छिट्टै छलफल गरी सिमांकन हल गर्छौंः अध्यक्ष प्रचण्ड

नेपालगञ्ज,  २२ फागुन । अध्यक्ष प्रचण्डले सिमांकनका विषयमा मधेसी मोर्चाका नेताहरुसँग छिट्टै छलफल गरी राजनैतिक सहमतिमा सिमांकनको समस्या हल गरिने बताउनु भएको छ । थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपालका नेता तथा कार्यकर्ताहरुलाई कोहलपुरमा प्रशिक्षणका सिलसिलामा नेपालगञ्ज पुग्नु भएका अध्यक्षले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘दुईवटा विधयकले धेरै हदसम्म मधेसका माग सम्बोधन गरेको छ, अब सिमांकनको निम्ति समिति बनिसेको छ र सदस्यहरु राख्ने मात्र बाँकी छ, छलफल गरेर हल गरिन्छ ।’
उहाँले नेपाली काँग्रेसको अधिवेशन पश्चात तुरुन्तै छलफल गर्ने बताउनु भयो । माओवादी पार्टीहरुको स्थानीय तहमा एकीकरण भईरहेको बताउँदै केही समय पछि सिंगो पार्टीहरु एकीकृत हुने उहाँको भनाई थियो । अध्यक्षले सञ्चारकर्मीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले जे बोल्नुभयो त्यो आशा लाग्दो नै छ भन्नुभयो ।

कात्तिक ८, २०८१ बिहीबार ८:१:१८