मन्त्रिपरिषदको बैठक सम्पन्न

कार्तिक २८, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक विभिन्न निर्णय गर्दै आइतबार सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दरबन्दी थप गर्ने, उर्जा संकट समाधान र सौर्य उर्जाको व्यवस्थाका लागि एसियाली विकास बैंकबाट २ अरब १२ करोड रकमका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले जनता आवास कार्यान्वयन कार्यविधिलाई मन्त्रिपरिषदको आर्थिक पूर्वाधार समितिमा पठाउने, संयुक्त राष्ट्र संघको क्षेत्रीय शान्ति तथा निशस्त्रीकरणको कार्यालय नेपालमा ल्याउन पहल गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:१४:१२