मन्त्रिपरिषद्को बैठक सम्पन्न

असोज २०, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारका सचिव र सहसचिवहरुको नेतृत्व मूल्याङ्कन समितिमा पूर्वसचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरेको छ । उक्त समितिले नेपाल सरकारका सचिव र सहसचिवहरुको नेतृत्व क्षमता र कार्यसम्पादनको नियमित अनुगमन गर्ने र सरकारलाई रिपोर्ट दिने काम गर्ने सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार दशैं र तिहारका बेला बन फडानी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै करारका ४५० जना बनपालेहरुलाई यथावत् राख्ने र नियमित तलवको व्यवस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । लोक सेवाको परामर्श लिएर नयाँ प्रक्रियामा जाने काम तिहारपछि गर्ने निर्णय भएको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
बैठकले प्युठानको लुङमा गएको पहिरोमा परी मृत्यु हुने परिवारका लागि दशैं खर्चबापत् रु. १५००० सहयोग दिने प्रधानमन्त्रीको घोषणालाई अनुमोदन गर्दै दशैं अघि नै उक्त रकम पठाउने निर्णय गरेको छ ।

कात्तिक ८, २०८१ बिहीबार १४:८:२९