माअाेवादी-एमालेका कारण संसदमा तेत्तीस प्रतिशत महिलाकाे सहभागी ग्यारेण्टी भएकाे छ, “प्रचण्ड”

कार्तिक २३, भरतपुर। माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले माअाेवादी र एमालेका कारणले संसदमा महिलाकाे तेत्तीस प्रतिशत सहभागिता सुनिश्चित भएकाे बताउनु भएकाे छ।
बिहीबार दिउँसाे अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) काे संयुक्त चितवन जिल्ला भेलालाई सम्बाेधन गर्दै प्रचण्डले भन्नुभयाे, “महिलाहरुकाे सहभागिताले नै परिवर्तनमा निर्णायक अर्थ राख्दछ। यसपटक हामीले निर्वाचनमा उल्लेख्य महिलाहरुलाई उम्मेद्वार बनाउन सकेका छैनौं। तर, संसदमा तेत्तीस प्रतिशत महिला सहभागिता सुनिश्चित भएकाे छ, प्रदेश सभामा चालीस प्रतिशतकाे व्यवस्था भएकाे छ, स्थानीय तहमा पनि महिला सहभागिताकाे व्यवस्था छ। प्रमूख पाँच सम्माननीय पदमध्ये राष्ट्रपति, सभामूख, प्रधानन्यायधीश महिला हुनुभयाे। यी सबै उपलब्धि बामपन्थी शक्तिहरुकाे संघर्षले मात्र सम्भव भएकाे हाे।”
“चुनावपछि एमाले-माअाेवादी बीच पार्टी एकता हुँदैन भन्ने भ्रामक प्रचार पनि गर्न थालिएकाे छ। जुन कुरा बिल्कुलै निराधार छ। हामी पार्टी एकता गर्ने संकल्पमा पुगेर नै तालमेल गरेका हाैं। पार्टी एकता संयाेजन समिति बनिसकेकाे छ। अब पार्टी एकता कसैले राेक्नै सक्दैन।”
कार्यक्रममा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चितवनमा कांग्रेस समाप्त हुन लागेकाे बताउनु भयाे। नेता पाण्डेले भन्नुभयाे, “अब चितवनमा कांग्रेस भेटिदैन। कांग्रेस भेट्न अब डडेलधुरा जानुपर्छ। तपाईं महिला दिदिबहिनीहरु एक महिना चुनावमा हाेमिनुस्, चितवन बामपन्थीकाे किल्ला बन्ने ग्यारेण्टी छ।”
कार्यक्रममा एमाले र माअाेवादी केन्द्रसम्वद्ध महिलाहरुले सम्बाेधन गरेका थिए भने राजेश कुमालकाे नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका थिए।

कात्तिक ६, २०८१ बुधबार ३:३४:६