माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरुको रक्षाको दायित्व माओवादीको हाेः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले स्थापित गरेका मूल्य मान्यताहरुको रक्षाकोमाओवादी आन्दोलनमा सहभागी सबैको दायित्व भएकाे बताउनुभएकाे छ । आज खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्षले माओवादी आन्दोलन र त्यसका उपलब्धिहरुलाई घेरा हाल्नु र षडयन्त्र गर्नु प्रतिक्रियावादीहरुको कर्म भएको बताउनुहुँदै माओवादीहरु एक भएर उनीहरुको षडयन्त्रलाई परास्त गर्नुपर्ने आवश्यकता औल्याउनुभयाे ।

उहाँले इमान्दार कम्युनिष्ट एक ठाउँमा हुनपर्ने धारणा राख्दै नयाँ वर्षसँगै अब माओवादी आन्दोलनको एकता र धुब्रिकरणको वर्ष हुने समेत बताबताउनुभयाे । अध्यक्षले भन्नुभयाे, ‘अहिले निर्वाचनको बेला सबैजसो पार्टीमा दिनहुँजसो पार्टी प्रवेश हुने गरेको छ, धुब्रीकरण र एकता अरु पार्टी प्रवेश जस्तो हाेइन ।’ जनयुद्धका आँधीमय दिनको स्मरण गर्दै ती दिनको गरिमा र महत्व स्थापित गर्नको लागि धुब्रीकरण सुरु भएकोअध्यक्षकाे भनाइ थियाे ।

अध्यक्ष प्रचण्डले सुदुरपश्चिममा माओवादी आन्दोलनको कोर टिम करिब करिब एक ठाउँ आएको उल्लेख गर्दै एकीकृत भएको टिमले पहल गर्दा सुदुरपश्चिममा २०६४ फर्किने समेत बताउनुभयाे । उहाँले प्रतिगमनले माओवादी आन्दोलन कमजोर हुँदा माओवादी आन्दोलनले स्थापित गरेका मुद्धा र मान्यतामाथि षडयन्त्र गर्ने गरेको बताउनुभयाे । माओवादी आन्दोलन एकताबद्ध हुने र प्रतिक्रियावादीका षडयन्त्रलाई तोड्दै अघि बढ्ने क्रममै रहेको उहाँकाे धारणा थियाे ।

पार्टी भित्र विभिन्न बैचारिक मतभेद हुने भए पनि टुटफुट र विभाजनबाट कसैकामे भलो नहुने अध्यक्ष प्रचण्डको भनाई छ । उहाँले धेरै नेता कार्यकर्ताहरु इमान्दारीपुर्वक क्रान्ति कै लागि लागेको तर केही नेताहरुले भ्रम छरेर पार्टी र माओवादी आन्दोलनलाई विभाजित गरेको बताउनुभयाे ।

अध्यक्षले माओवादी आन्दोलन कमजोर हुँदा जनमुखी कानुनहरु बनाउन समेत अफ्ट्यारो परेको बताउनुभयाे । माओवादी आन्दोलन बलियो हुँदा थुप्रै नेता गणतन्त्र नचाहने हुँदाहुदै पनि सबैलाई माओवादीको मान्यतामा ल्याएकाे स्मरण गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताको आवश्यकता रहेको भएतापनि त्यसका लागि माओवादी आन्दोलन एकृकीत हुनुपर्ने बताउनुभयाे ।

असोज ४, २०८१ शुक्रबार ६:५२:२२