माओवादी एकता नयाँ क्रान्तिको थालनीः अध्यक्ष प्रचण्ड (फोटो फीचर र अडियाे सहित)

काठमाडौं, ७ जेठ । अध्यक्ष प्रचण्डले माओवादी पार्टीहरु बीचको एकता नयाँ क्रान्तिको थालनी भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘यो एउटा नयाँ अभियानको थालनीको रुपमा बुझ्नु पर्छ ।’ नेकपा (माओवादी केन्द्र)को स्थापना कुनै सामान्य जोड घटाउ नभएको उहाँको भनाई थियो ।
पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडा, कोटेश्वरमा आज दिउँसो आयोजित बेपत्ता योद्धा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यतिबेला नयाँ संकल्प गर्दै हिजोका गल्ती कमजोरी दोहाराउँदैनौं भन्नुभयो । उहाँले पार्टीको केन्द्रीय समिति महाधिवेशन सम्मका लागि ठूलो बनाउने आवश्यकता र बाध्यता दुबै परेको बताउँदै योजना, संकल्प र कार्यक्रमको दृष्टिकोणले एक ढिक्का भए ठूलो नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘ सात सयको केन्द्रीय समिति ४ हजार गाउँका लागि सानो हुन्छ । प्रत्येक गाउँमा एक जना बस्ने भन्यो भने केन्द्रीय समिति त सानो हुन्छ ।’

उहाँले अब गाउँ गाउँ र टोल टोलमा जाँदा सबैभन्दा पहिले सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग, जेलनेल भोगेकाहरुलाई पहिलो सम्पर्क गर्ने र उनीहरुको स्थिति बुझ्ने र उनीहरुका लागि के गर्न सकिन्छ त्यो गर्नेबाट सुरु गर्ने बताउनु भयो ।

त्यसैगरी नेता बादलले आफूलाई बेपत्ता पारेर नेतृत्वलाई रक्षा गरेका योद्धाहरुको सपनालाई निरन्तरता दिने प्रक्रिया आजको दिन भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘वर्ग संघर्षमा दुश्मनले अपनाउने क्रुर अस्त्र नागरिकलाई बेपत्ता बनाउने हो ।’

सम्पूर्ण अडियोका लागि तल क्लिक गर्नुहोला ।

बेपत्ता योद्धा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड:


बेपत्ता योद्धा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेता बादल


बेपत्ता योद्धा स्मृति दिवस २०७३ जेठ ७ गते

कात्तिक ७, २०८१ बुधबार २१:१४:५४