माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिएको छ । आज बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले पार्टी एकताका लागि भइरहेका प्रगतिबारे छलफल भएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले दुबै पार्टीका कार्यादलले दुबै अध्यक्षलाई बुझाएको प्रतिवेदनमा भएको छलफलबारे स्पष्ट पार्नुभएको थियो ।

बैठकमा सैद्धान्तिक, राजनैतिक, सांगठनीक विषयमा समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढिरहेको अध्यक्षले बैठकमा जानकारी गराउनु भयो । यसमा अझै थप छलफल जारी रहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अहिलेको राष्ट्रको आवश्यकता, दुबै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको पार्टी एकता सम्पन्न गर्ने कुरा सुनिश्चित भएको बैठकको निश्कर्ष छ । समानता, सम्मानजनक र न्यायोचित आधारमा पार्टी एकता सम्भव हुने अध्यक्षले बैठकमा बताउनु भयो ।

बैठकमा सहभागी नेताहरुले पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्ने अध्यक्षलाई सुझाव दिएका थिए । पार्टी एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको बैठकको ठहर छ ।

कात्तिक ७, २०८१ बुधबार १०:१४:२९