माओवादी केन्द्रको बैठकमा राजनीतिक परिस्थितिबारे समीक्षा

पौष १३, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरिएको छ ।
बुधबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । बैठकले राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने र त्यो सम्भव नभए संसदीय प्रक्रियाका माध्यमद्धारा संविधान संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय गरिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १७:९:५५