माओवादी केन्द्रमै क्रियाशील हुने झा र शर्माको प्रतिवद्धता

श्रावण २७, काठमाडौं । नयाँ शक्ति नेपालमा क्रियाशील रहँदै आउनुभएका नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बिहीबार दिउँसो अध्यक्ष निवास प्रचण्ड निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गर्नुभएको छ ।
छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मिला अर्याल पनि सहभागी हुनुहुन्थ्यो । छलफलपछि नेता झा र शर्माले मधेशमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प गर्नुभएको थियो ।

कात्तिक ९, २०८१ शुक्रबार १०:१३:०