मुख्य कुरा मुद्धा र सत्यका पक्षमा को छ भन्ने हाेः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचणड’ले अहिले पनि आफूहरु शान्ति र सत्यको पक्षमा रहेकाे बताउनुभएकाे छ । ललितपुरमा सञ्चारकर्मीहरूसँग आज आयाेजित साक्षात्कार कार्यक्रममा सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले हिजो सामन्तका पञ्चर्यालीमा देशबाट लाखौं मानिस उतार्ने कुरा देखिएकाे उल्लेख गर्दै मान्छेका टाउका मुख्य नभइ सत्यका पक्षमा को छ भनेर हेर्ने पर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हिजो लाखौंका पञ्चर्याली हुँदा समेत हामीले आन्दोलन गरेकै हौं । त्यसैले मुख्य कुरा मुद्दा हेर्ने हो ? सत्यका पक्षमा को छ भन्ने छ ।’

उहाँले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेकाे कदम प्रतिगमनतिर रहेकाे बताउनुहुँदै नेकपाको मात्रै आन्तरिक विषय नभएकाे स्पष्ट गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यो संविधान र लोकतन्त्रको हत्या गर्ने प्रवृत्ति नै हो भन्ने कुरा सबैले बुझेका छौं । कम्युनिष्ट पार्टीका सदस्य नभएपनि सबै तह र तप्का संविधानवादविरुद्धको हमला रोक्नुपर्छ भनेर बुद्धिजीवि, कानुनविद्हरु, वरिष्ठ व्यक्तित्व लागेका छन् त ? संयुक्त वक्तव्य, सडक प्रदर्शन, आन्दोलन, लेखनमा लागेका छन् ।’

उहाँले नेपाली कांग्रेस, जसपा, सबै पार्टी, संगठनहरुले यो अलोकतान्त्रिक नै हो भनेर सबै सडकमा रहेकाे बताउनुभयाे । ‘यदि पदको मात्रै लडाई हुन्थ्यो भने केपी सत्ताको दुरुपयोग गर्ने बाहेक अरु सबै मानिसहरु किन यसको विरुद्धमा हुन्थे त ?’

अध्यक्षले गर्नुभएकाे सम्बाेधनकाे अंशः–

समग्र परिवर्तनको प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र संविधान सबैका सन्दर्भमा हामीले जुन अपेक्षा गरेका थियौं, स्थायीत्व र समृद्धि हुनेछ भनेर जे सोचेका थियौं । म नै वामगठबन्धन गरौं र चुनावमा जाऔ भनेर केपीसँग प्रस्तावक हुँ, पार्टी एकता पनि गरौं, भन्ने प्रस्ताव पनि म नै हो ।
तर त्यसो गर्दा अब देशका राजनीतिक स्थिरता आवश्यक छ, जनताका निम्ति नयाँ यात्रा र त्याग आवश्यक छ भन्ने सोच थियो । तर दुई वर्ष पुग्दा नपुग्दै त्यो दुर्घटनामा पर्याे ।

त्यसका लागि हामीले पनि हाम्रो कहाँ त्रुटी भयो आत्मसमीक्षा भयो, किन समयमा नै यो प्रवृत्ति रोक्न सकेनौं । त्यो हदसम्म दुर्घटनामा जान नदिन हामी कहाँ चुक्यौं भन्ने कुरा हामीले आत्मसमीक्षा गर्न जरुरी छ । हामी श्वेतपत्रको तयारीमा छौं ।

हामी आन्दोलनमा छौं । यहाँ क्षमता र असक्षमताको कुरा छैन । राष्ट्र र जनताको हित, संविधानको पक्षमा संघर्षमा जाने या नजाने भन्ने अहिलेको मुख्य प्रश्न हो । अहिले हामी पनि असफल भइयो भन्ने हो भने संघर्षमा गएर अर्थ छैन । लोकतन्त्र र गणतन्त्र, संविधानको पक्षमा सडकमा जाने भनेको त्यही नै सबैभन्दा ठूलो समीक्षा हो । हामीले आत्मसमीक्षा गर्छौं तर त्यसको अर्थ हामी पलायनको पक्षमा छैनौं । फेरी पनि जनताको पक्षमा, संविधानको पक्षमा लडाईंको मैदानमा छौं ।

अहिले जे परिवर्तन भएको छ, युद्दलाई शान्तिमा रुपान्तरण, शान्तिलाई संविधानसभा र संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण र बलियो सरकारमा रुपान्तरण हामी सबैको त्याग तपस्याको संघर्षको परिणाम हुन ।

अहिले पनि हामी शान्ति र सत्यको पक्षमा छौं । जे भइरहेको छ, त्यो प्रतिगमनतिर हो । यो नेकपाको आन्तरिक विषय होइन । दरो र गम्भीरतासाथ भन्न चाहन्छु । यो संविधान र लोकतन्त्रको हत्या गर्ने प्रवृत्ति नै हो भन्ने कुरा सबैले बुझेका छौं । कम्युनिष्ट पार्टीका सदस्य नभएपनि सबै तह र तप्का संविधानवादविरुद्धको हमला रोक्नुपर्छ भनेर बुद्धिजीवि, कानुनवविदहरु, वरिष्ठ व्यक्तिहरु लागेका छन् त ? संयुक्त वक्तव्य, सडक प्रदर्शन, आन्दोलन, लेखनमा लागेका छन् ।

नेपाली कांग्रेस, जसपा, सबै पार्टी, संगठनहरुले यो अलोकतान्त्रिक नै हो भनेर सबै सडकमा छन् । यदि पदको मात्रै लडाई हुन्थ्यो भने केपी सत्ताको दुरुपयोग गर्ने बाहेक अरु सबै मानिसहरु किन यसको विरुद्धमा हुन्थे त ? क्षणिक फाइदाका लागि लाग्नेहरुको कुरा छोडिदिम । हिजो सामन्तका पञ्चर्यालीाम देशबाट लाखौं मानिस उतार्ने कुरा देखिएकै हो । मान्छे कसले देखिएको भनेर हेरेर हुन्न । मान्छेका टाउका मुख्य होइन । सत्यका पक्षमा को छ भनेर हेर्ने हो । हिजो लाखौंका पञ्चर्याली हुँदा समेत हामीले आन्दोलन गरेकै हौं । त्यसैले मुख्य कुरा मुद्दा हेर्ने हो ? सत्यका पक्षमा को छ भन्ने छ ।


हिजोको आम हडताल संवैधानिक परिषदमा भएका नियुक्ति नैतिक, कानुनी, संवैधानिकरुपमा लोकतन्त्र र संविधानमाथि हस्तक्षेपको पराकाष्ठा हो । दिउँसो १२ बजे अध्यादेश ल्याइयो, ३, ४ घण्टामा बैठक बोलाइयो । प्रतिपक्ष नेता र सभामुखको उपस्थित छैन । कोरम पुग्दैन । ४८ घण्टाको सूचना छैन । अल्पमत बसेको छ । कोरम नै नपुगेको बैठकले नियुक्ति गरेको छ । नियुक्ती गरेपछि प्रधानमन्त्री आफैले स्थायी कमिटिको बैठकमा नियुक्ति गरेकै छैन भन्नुभयो । अध्यादेश फिर्ता लिन्छु भनेर प्रतिबद्धता लिनुभयो । तर पछि बुझ्दा नियुक्ति भइसकेको रहेछ । निर्ममतापूर्वक लोकतन्त्रको हत्या भयो । यो सही कि गलत भनेर हेर्ने हो ।

आम हडताल हाम्रो रहर थिएन । सकेसम्म जनतालाई अप्ठ्यारो पर्ने गरी आन्दोलन नगर्ने भनेकै हो । पहिलो र दोश्रो चरणको आन्दोलनमा हामीले त्यसरी कार्यक्रम बनाएनौं । तर अब गुण्डाराज नै हुने भयो भनेर तुरुन्तै प्रतिकार गर्नुपर्छ भनेर लागेपछि यो आमहडताल गरिएको हो । त्यसकारण सडकमा तुरुन्तै हाम फाल्नुपर्छ भन्ने परिस्थिति सिर्जना भएपछि हामी गएका हौं । जे मन लाग्यो त्यही हुन थालेपछि के हो त भनेर जनतालाई अपील गरेकै हो । जनताले साथ नदिएको भए हिजोको बन्द सफल हुने थिएन ।


कतिपय अवस्थामा स्वतःस्फूर्तरुपमा जनताले बजार बन्द गरेका छन् । तर सधैं आम हडताल राखिराख्छौं भन्नेमा छैनौं । हिजोदेखि नै हामीले क्षमायाचना पनि गरेका छौं । अब चाहिँ आम हडताल हुन पनि सक्छ तर त्यो जनताको पहलमा हुन्छ । सरकारको तानाशाही बढदै गए जनता स्वतः आएर हप्तौं हडताल हुनसक्छ । तर जनतालाई अप्ठ्यारो पार्ने गरी हामी हडतालको आयोजना गर्दैनौं ।
पुष ५ मा संसद विघटन गर्ने सिफारिस भएदेखि पार्टीहरुको बीचमा सहकार्य गरिरहेका छौं । पहिलो बैठक हामीले संयुक्त प्रतिकार गरौं भनेर प्रस्ताव गर्यौं । दोश्रो बैठक नेपाली कांग्रेसको कार्यालयमा बस्यौं । त्यहाँ पनि गम्भीर ढंगले छलफल भयो ।

एमसिसीका बारेमा पार्टीभित्र छलफल चल्यो, केन्द्रीय समितिमा छलफल चल्यो, पार्टीमा कार्यद लबनेर सुझाव प्रतिवेदन पनि तयार भएको छ । त्यसमा अहिलेसम्म कुनै निर्णय भएको छैन । अहिले हामीले आम हडताल संवैधानिक परिषदको गुण्डागर्दीका रुपमा नियुक्ति विरुद्ध थियो ।
अहिले आन्दोलन एउटा विषयमा केन्द्रीत गरेर आयोजना गरिएको थियो । अहिले दशथरीका नारा लगाएर हुँदैन, त्यसले विषयबस्तुलाई विकेन्द्रीत गर्छ । त्यसैले मूल नारा लगाऔं भनेर मैले भनेको हो । त्यसको अर्थ म एमसिसीको पक्षमा छु भन्ने होइन । मैले अस्ति नै अमेरिकी राजदूतसँग पनि यत्तिकै लागु हुन सक्ने अवस्था छैन, परिमार्जनको ठाउँ छ कि छैन भनेर पनि सोधे । त्यसैले यो यत्तिकै लागु हुँदैन । तर आन्दोलनको लक्ष्य र नारा एमसिसी होइन । त्यसैले हिजो सामान्यरुपमा मैले त्यो नाराका बारेमा प्रतिक्रिया दिएको हो ।

कात्तिक ७, २०८१ बुधबार ७:५:५४