मेरो सपनामा दलितहरुको साथ रह्यो, ‘प्रधानमन्त्री’

फागुन १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताउनु भएको छ ।
सोमबार बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय हो । राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद ग¥यो, हामीले त्यसका विरुद्ध संघर्ष ग¥यौं । सबै जाति, क्षेत्र, वर्ग, लिंग र सीमान्तकृत समुदायको अधिकारका पक्षमा दलितहरु खुलेर लागे । संघीय लोकतान्त्रिक गणतन्त्र र सबैको समान अधिकार मेरो सपना थियो, मेरो सपनामा दलितहरुको राम्रो साथ रह्यो ।’
विश्वव्यापी रुपमै संगठित भएर दलित अधिकारको पक्षमा आवाज उठाउनु स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्रीले नेपाल सरकारले दलितहरुको मुद्दालाई संयुक्त राष्ट्र संघमा प्रभावकारी रुपमा राख्ने जानकारी दिनुभयो । भेटमा दलित अगुवाहरुले सीमान्तकृत समुदाय र दलितहरुको पक्षमा प्रधानमन्त्रीले व्यक्तिगत र संस्थागत रुपमा गरेको संघर्ष र संविधानमा लिपिवद्ध अधिकारबारे आफूहरु अवगत रहेको जानकारी गराउँदै दलितका मुद्दाहरुलाई संयुक्त राष्ट्र संघसम्म लगेर नीतिगत परिमार्जनमा सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार १५:३:४०