‘यो लडाईं सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति हो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाईं सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका जनताको हक अधिकार प्राप्त गरी नयाँ राष्ट्रिय एकता बनोस् भन्नका निम्ति लडेको लडाईं हो यो ।’

राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई विरोधीहरुले आरोप लगाउनु र गाली गर्नु सामान्य भएको बताउँदै आफूले जसका निम्ति संघर्ष गरेको हो त्यो वर्गले नै नचिन्दा चिन्ता लाग्ने बताउनुभयो ।

उहाँले पछिल्लो पटक जनतासँग जोडिने अवसर पाएको बताउनुहुँदै जनताका निम्ति गरिने संघर्षलाई ठीक ढंगले जनताले बुझोस् भन्ने चाहना आफूलाई पनि हुने बताउनुभयो ।

अध्यक्ष प्रचण्ड सबैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गर्नुभयो । उनले यसअघि पनि पटक पटक आफुलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताउनुभयाे ।

आफूलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउनुहुँदै उहाँले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताउनुभयाे । जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने उहाँकाे धारणा थियाे ।

कात्तिक ६, २०८१ बुधबार ४:११:३८