यो संविधान नबनेको भए मधेसका अधिकार खोसिने थिए: अध्यक्ष प्रचण्ड

सिरहा, ३० फागुन । अध्यक्ष प्रचण्डले संविधान कहिले पनि सयका सय पूर्ण नहुने उल्लेख गर्दै यो संविधान नबनेको भए मधेसका अधिकार खोसिने बताउनु भएको छ । सिरहा जिल्ला विकास समितिको २३ औं जिल्ला परिषद्को बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहको उद्घाटन गर्दै आज सदरमुकाममा उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले संविधानमा मधेसीलाई मात्र केही दिएन भन्नु गलत भएको बताउँदै भन्नुभयो, ‘यो संविधानले दियो भने हिमाल पाहाड, तराई सबैलाई दियो दिएन भने कसैलाई केही पनि दिएको छैन ।’

पहिलो संविधानसभामा आफ्नो पार्टी पहिलो भए पनि संविधान जारी गर्न नसकेको तितो अनुभव आफूसँग भएको उहाँको भनाई थियो  । अध्यक्षले भन्नुभयो, ‘दोस्रो संविधानसभाबाट पनि संविधान नबनेको भए देश दुर्घटना तिर जाने वाला थियो, यो भन्दा राम्रो संविधान बन्न सक्ने हुन्थ्यो भने तपाईंहरु र सबैको  आन्दोलनको नेतृत्व मैले गर्ने थिएँ ।’ अध्यक्ष प्रचण्डले तराईमा नागरिकताको समस्या नभएको बताउँदै केवल व्याख्या गर्न मात्र बाँकी रहेको जानकारी दिनुभयो ।
अध्यक्षले सिरहा जिल्लामा हवाई अड्डा , आर्थिक, साँस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्र हुनसक्ने बताउनु भयो ।

 

कात्तिक ८, २०८१ बिहीबार २२:१७:४९