‘यो संविधानलार्इ सम्पूर्ण हो या केही होइन भन्ने दूई अति’

काठमाडौं, १७ चैत । अध्यक्ष प्रचण्डले वर्तमान संविधान बारे संविधानलाई पूर्ण संविधानका रुपमा लिने र संविधानमा केही भएन भन्ने दुई अति देखापरेको बताउनु भएको छ । किर्तिपुरमा आज दिउँसो मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको ऐतिहासिक विशेष राष्ट्रिय भेलाको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘यो संविधान सम्पूर्ण हो या केही होइन भन्ने अति दक्षिण र संकीर्ण सोच हुन ।’ प्राप्त उपलब्धीको रक्षा र प्रयोग गर्दै संस्थागत गर्ने र बाँकी अधिकार संघर्षबाटै प्राप्त गर्नु पर्ने उहाँको धारणा थियो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माओवादीहरु आदर्शको कुरा गर्दा नीति छोड्ने नीतिको कुरा गर्दा आदर्श छोड्ने कमजोरीबाट बच्नु पर्दछ ।’  उहाँले जातीय आन्दोलनलाई वर्गीय उत्पीडनबाट अलग गरेर हुने आन्दोलन साम्प्रदायिक दंगामा बदलिने बताउनु भयो ।  सर्वहारा वर्गको अग्रदस्ता माओवादी पार्टीको नेतृत्वमा सञ्चालन हुने वर्ग संघर्षबाट मात्र सम्पूर्ण खाले जातीय उत्पीडनको अन्त्य हुने उहाँको भनाई थियो । मंगलबारबाट सुरु भएको भेलामा देशभरीका मगर नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

कात्तिक ७, २०८१ बुधबार ११:१४:३५