राष्ट्र संघका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशकद्वारा अध्यक्षसँग भेट

काठमाडौं, १६ बैशाख । संयुक्त राष्ट्र संघका एसिया तथा प्रशान्त क्षेत्रीय राजनीतिक विभागका निर्देशक सुविनय नन्दीले आज बिहान अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । बिहान ८ बजे भएका भेटमा  नेपालको वर्तमान परिस्थिति, शान्ति प्रक्रिया, संविधिान कार्यान्वयन, पूनर्निर्माण बारे छलफल भएको थियो ।

छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग पनि छलफल भएको थियो । नेपालको शान्ति प्रक्रियालाई पुरा गर्न के कस्तो सहयोग गर्नुपर्ला भन्ने निर्देशक नन्दीले जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग मार्फत पुरा गर्नको निम्ति राष्ट्र संघले आवश्यक सहयोग चाहिन सक्ने धारणा राख्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १३:१२:४२