राज्यद्धारा बेपत्ता पारिएका नागरिकका परिवारजनसँग अध्यक्ष प्रचण्डकाे छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राज्यद्वारा बेपत्ता पारिएका परिवार, सहिद परिवार र यातना पीडितका प्रतिनिधिहरुसँग संक्रमणकालिन न्यायका विषयमा छलफल गर्नुभएकाे छ। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा संक्रमणकालिन न्यायका विषयमा राज्यद्वारा वेपत्ता पारिएका परिवार, सहिद परिवार र यातना पीडितहरुको चाहना र न्याय निरोपणको लागि गरिएका प्रयासबारे कुराकानी भएको थियाे ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ मा क्षमादानको सहमति, परिपूरण, द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटना हेर्नका लागि विशेष अदालत गठन लगायतका व्यवस्था राखिएका छन् । जसमा मानव अधिकार आयोगले केहि प्रावधान परिर्वतन गर्न सुझाव दिएको छ ।

कात्तिक ८, २०८१ बिहीबार ८:६:५५