राष्ट्रको स्वतन्त्रतालाई अझै सुदृढ गर्दैछौंः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ चैत । अध्यक्ष प्रचण्डले राष्ट्रको स्वतन्त्रतालाई अझै सुदृढ गर्ने काममा लागेको बताउनु भएकाे छ । पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडा, कोटेश्वरमा आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान प्रारम्भिक साधारण सभालाई अाज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो, ‘प्राप्त उपलब्धीको संस्थागत गर्ने, जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको तयारीमा जुटेका छौं । माओवादी आन्दोलनको पुनः एकीकरण गर्ने र संविधानको कार्यान्वयनको निम्ति राष्ट्रिय एकता कायम गर्ने कार्यमा जुटेका छौं ।’

अध्यक्ष प्रचण्डले क. पोष्टबहादुर बोगटी सरल मृदुभाषी र पारदर्शी हुनुभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टीको सबै गतिविधि, राष्ट्रको बारे र जीवनका सबै पाटाहरुमा खुलेर भन्न सक्ने व्यत्तित्व हुनुहुन्थ्यो । साथै समस्याको सकारात्मक ढंगले निश्कर्ष निकाल्ने व्यक्तित्व हुनुहुन्थ्यो ।’

कात्तिक ६, २०८१ बुधबार ४:१६:४७