राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्डबाट दाबी पेस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)सहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका १६६ सांसदको समर्थन पेस गर्नुभएको हो ।

यसअघि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिनुभएको थियो । आइतबार दिउँसो बालकोटमा एमाले र माओवादी केन्द्रलगायतका दलह?बीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको थियो ।

जसअनुसार एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीका ४ गरी १६६ सांसदको समर्थन छ ।

असोज ६, २०८१ आइतबार २२:२१:५