राष्ट्रिय भेला मंसीर २ मा सार्ने माओवादी केन्द्रको निर्णय

असोज २८, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकले कार्तिक १० र ११ गते काठमाडौंमा गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको कार्यालयको बैठकले राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘मधेशी, थारु, जनजाति लगायतका शक्तिहरुसँग छलफल र बार्ता गर्नुपर्ने कामको चापलाई मध्यनजर गरी कार्तिक १० र ११ गते गर्ने भनिएको पार्टीको राष्ट्रिय भेला मंसीर २ गते गर्ने निर्णय बैठकले गरेको छ ।’
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले शनिबारबाट हुने गोवा भ्रमणबारे नेताहरुलाई ब्रिफिङ गर्नुभएको थियो । प्रधानमन्त्रीले बैठकमा चीनका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेटको कार्यक्रम रहेको जानकारी दिँदै रुसका राष्ट्रपतिसँग भेटको सम्भावना रहेको जानकारी दिनुभएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ५:७:२३