राष्ट्रिय सरकार पुनर्निर्माण, संविधानको कार्यान्वयन र राष्ट्रियताका निम्तिः अध्यक्ष प्रचण्ड

गोरखा, १५ फागुन । अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकार पुनर्निर्माण, संविधानको कार्यान्वयन र राष्ट्रियताका निम्ति भएको बताउनु भएको छ । गोरखाको हरामटारी गोरखा पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रिय सरकार सरकार बनाउन र गिराउनका लागि नभएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राष्ट्रिय एकताबाट संविधान बनेको भएकाले अब पनि राष्ट्रिय एकताकै आवश्यकता रहेको छ । राष्ट्र संकटमा रहेकोले राष्ट्रिय एकताको खाँचो छ, अध्यक्षले भन्नुभयो ।
अध्यक्षले एकअर्को प्रसंगमा देशभित्र र बाहिरबाट माओवादी धारालाई एक हुन नदिन प्रयास भईरहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, यि सबैलाई चिरेर माओवादी धारालाई एक ढिक्का बनाउनु पर्छ । त्यसको निम्ति तपाईहरुको भूमिका महत्वपूर्ण छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे अध्यक्ष प्रचण्डले कुनै राष्ट्रिय हित विरोधी सम्झौता नभएकाले भ्रमणमा जे जति भएका सहमति पनि पुरानै भएको बताउनु भयो । उहाँले भन्नुभयो, चिसिएको सम्बन्धलाई दुई देशबीच सदभाव कायम गर्न भएको भ्रमण हो ।’

अध्यक्ष प्रचण्डले आज बिहान जिल्लाका बुद्धिजीवी, उद्योग व्यवसायी र कार्यालय प्रमुखसँग भेटवार्ता गर्नुभएको थियो । दिउँसो जिल्लाका पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ११:१०:३२