राष्ट्रिय सहमति र राष्ट्रिय एकताका लागि सबै पार्टीहरुसँग छलफल गर्ने पार्टीको निर्णय (भिडियोसहित)

काठमाडौं, १७ बैशाख । आज बसेको पार्टीको स्थायी समितिको बैठकले सबै राजनीतिक दलहरुसँग राष्ट्रिय सहमति र राष्ट्रिय एकताका लागि छलफल अघि बढाउने निर्णय गरेको छ । बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव कृष्णबहादुर महराले भन्नुभयो, ‘राष्ट्रिय सहमति र राष्ट्रिय एकता आवश्यक छ भन्ने हाम्रो पार्टीको निश्कर्ष छ ।’

राष्ट्रिय सहमति र राष्ट्रिय एकताले मात्र वर्तमान समस्याको समाधान गर्न सक्ने उहाँको भनाई थियो । उहाँले पहिलो निर्णय राष्ट्रिय सहमति र राष्ट्रिय एकताका लागि दलहरुसँग बहस र छलफल गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘त्यसको लागि सरकारमा सहभागी एमाले लगायतका दलहरुसँग छलफल र बहस गम्भीर रुपले अगाडि बढाउने र सरकार भन्दा बाहिर रहेका अरु पार्टीहरु नेपाली काँग्रेससँग पनि छलफल गर्ने र जनजाति मधेसवादीहरु सँग पनि छलफल र बहस गर्छौं ।’
त्यसैगरी आजको बैठकको अर्को निर्णय विभाजित माओवादी पार्टी, शक्ति र व्यक्तित्वहरुसँग पार्टी एकताका लागि गम्भीर रुपले छलफल र वहसलाई तिब्र पार्ने पनि निर्णय भएको महासचिव महराले बताउनु भयो । ‘पार्टी एकता र ध्रुबीकरणका निमित्त हाम्रो पार्टीले छलफललाई तीब्र पार्ने निर्णय गरेको छ, ‘उहाँले भन्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार १७:१६:२०