लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको बताउनुभएको छ । मानवअधिकारवादी नेता तथा वाम बुद्धिजीवि पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले विभिन्न कोणबाट माथि नै प्रश्न उठाउने दुश्साहस भएको छ ।’ यसलाई नयाँ पुस्तामा कसरी हामी यहाँ आइपुगेको हो भन्ने बुझाउनु आवश्यक भएको छ । यसका लागि संघर्ष गर्नुहुने पद्मरत्नको योगदान उहाँको स्मृति दिवसका सन्दर्भमा झनै आवश्यक बनेर गएको छ ।

उहाँले जनयुद्धका समयमा रोल्पामा गएको स्मरण गर्दै पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना दुबैले जनयुद्धलाई राजनैतिक आन्दोलनको रुपमा व्याख्या गर्नुभएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भूमिगतरुपमा अन्य दलहरुसँग सहमति र शान्तिको वातावरण बनाउन उहाँहरुको भूमिका रहेको उल्लेख गर्दै सांस्कृतिक र भाषिक सम्मान आन्दोलन तथा जातीय पहिचान र वर्गीय उन्मुक्तिका निम्ति निरन्तर आवाज उठाउनुभएको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १०:२०:२४