विदेशमा श्रम बेचेर हुने आम्दानी भन्दा कयौं गुणा बढी आम्दानी, नेपालमा कृषिबाटै सम्भव अध्यक्ष क. प्रचण्ड

IMG_7680
काठमाडौं, साउन १७ गते । क्रान्तिकारी किसान संगठनहरूको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष क. प्रचण्डले यो ऐतिहासिक एकता भेलालाई पूर्ण सफलताको शुभकामना दिनुभयो । माओवादी पार्टीहरूको एकता पश्चात् सबै ज.ब.स.÷मोर्चाहरूको एकता भेला÷सम्मेलनहरू भइरहेको र आज यो दिन भीमदत्त पन्तको स्मृति दिन र किसान दिवस पनि भएको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले राजनीतिक परिवर्तन त भएका छन्, तर जनताको जीवनमा परिवर्तन जति हुनुपर्ने हो, त्यति भएको नभएको र अब धेरै कुरा मात्र होइन काममा केन्द्रीत हुनुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले कृषिमा क्रान्तिकारी भुमिसुधार र यान्त्रिकिकरण गरेर मात्र नेपालको विकास सम्भव भएको बताउनु भयो । अध्यक्ष क. प्रचण्डले केही वर्ष अघिसम्म नेपाल खाद्यन्नमा आत्मनिर्भर थियो तर अहिले अर्बौंको खाद्यन्न आयात गरिरहनु परेको छ, त्यसैले हाम्रा किसान संगठनहरूको नेतृत्वमा कृषिमा नयाँँ प्रविधि प्रयोग गरेर आत्मनिर्भर मात्र होइन, निर्यातको मुख्य स्रोत बनाउनु पर्ने बताउनु भयो । उहाँले विदेशमा श्रम बेचेर हुने आम्दानी भन्दा कयौं गुणा बढी आम्दानी नेपाली कृषिबाटै गर्न सकिने बनाउनु पर्ने, ५० लाख भन्दा बढी नेपाली युवा शक्ति विदेशमा कठिन श्रम गरिरहेका छन् त्यो श्रमबाट आएको पैसामा रमाउने प्रवृति निक्कै घातक भएको बताउनु भयो । किसान संगठनले गाउँमा संगठन गर्नुका साथै नयाँ उत्पादनको निम्ति खोजि गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले अहिलेको मुख्य चनौति भनेको राष्ट्रलाई एकताबद्ध गर्ने चुनौति रहेको बताउनु भयो । उहँँले सामन्तवादले हुर्काएको सामन्ती राष्ट्रवादको प्रवृत्तिको सामना गर्नुका साथै विभिन्न वर्ग, भाषा, जाति, क्षेत्र, लिङ्गलाई समानताका साथ आन्तरिक राष्ट्रिय एकताको सुदृढ गर्नुपर्ने र यसको निम्ति संविधान आवश्यक संशोधनसहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्गको अपनत्व भएको संविधानको रूपमा कार्यान्वय गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले अब बन्ने नयाँ सरकारका सामु आउने डेढ वर्षमा ३ वटा निर्वाचन गर्नुपर्ने, भुकम्पपछि भएको क्षतिको पुनर्निमाणको कामलाई तिव्रताका साथ अगाडी बढाउनुपर्ने, भरखरै बाढी–पहिरोले ठूलो जनधतको क्षति भएको छ यसलाई पनि उद्धार, राहत र पुनस्र्थापना गर्नुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले अब बन्ने सरकारको नेतृत्व गर्ने कुरा निक्कै चुनौति पूर्ण रहेको बताउनु भयो । सेना समायोजन तथा हतियार व्यवस्थापन माओवादीको नेतृत्व विना सम्भव थिएन, त्यसैले शान्ति प्रक्रियाका बाँकी कामलाई पुरा गर्नको निमित्त शान्ति प्रक्रियाको मर्म र महत्व माओवादीलाई मात्र बुझ्ने भएकाले केवल माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको र शान्तिप्रक्रिया केहीलाई आए आँप, गए झटारो मात्र हो, यो जिम्मेवारी हामीमै आएको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले १० वर्षमा युद्धको नियम बुझ्न सफल भयौं, शान्तिप्रक्रियाको महत्व बुझ्न र सरकार सञ्चालनको प्रक्रिया पनि १० वर्षमा अनुभव हासि गरेको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले छिमेकीहरूसँगको सम्बन्धलाई सन्तुलित ढंगले अगाडी बढाउनु पर्ने, जनताको तीव्र विकासको आकांक्षालाई पूरा गर्नुपर्ने चुनौतिपूर्ण जिम्मेवारी फेरि (माओवादी केन्द्र)को आएको र यो जिम्मेवारी पूरा गर्न एकताबद्ध होऔं, देशलाई एकताबद्ध गरौं, देश बदल्न ऐतिहािसक थालनी ग¥यौं भन्ने साच्चिकै सफल हुने बताउनु भयो ।

कात्तिक ६, २०८१ बुधबार ३:२४:१३