विविधता भित्रको एकता नै नेपाल र नेपालीको विशेषताः अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता भएकाे बताउनुभएकाे छ । बकर ईदकाे अवसरमा अाज शुभकामना दिँदै भन्नुभएकाे छ, ‘ नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ । धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजका रुपमा गनिन्छ । ‘

शुभकामनाकाे पूर्णपाठ यसप्रकार छः-

शुुभकामना
इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता हो ।
नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ । धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजका रुपमा गनिन्छ ।
पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती हामी सामु छ ।
समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।

२६ साउन, २०७६
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ७, २०८१ बुधबार १६:१९:२३