समाजवादमा मौलिक अधिकार भनेको स्वस्थ जीवन हो: अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समाजवादको मौलिक अधिकार भनेको स्वस्थ जीवन भएको बताउनुभएको छ । नेपाल प्रगतिशील चिकित्सक संघद्वारा राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयो, ‘हामी मानिसलाई वस्तु ठान्दैनौं बिषय ठान्छौं र मानवीय भावनाले उपचार गर्छौं ।’ उहाँले चिकित्सकहरुलाई केही आदर्शहरु सुत्रवद्ध गर्न आग्रह पनि गर्नभयो ।

अध्यक्षले वर्तमान नेपाल निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा भएको बताउनुहुँदै आफूहरुको उद्देश्य र रणनीति समाजवाद भएको बताउनुभयो । चुनावका बेला गरिएका प्रतिवद्धता र घोषणा र सरकारको तर्फबाट गरिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने चुनौति पनि रहेको उहाँको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, ‘यसबाट जनतामा हामीले निकै ठूलो अपेक्षा त जगाई दियौं, जनताले हामीलाई भरोषा र विश्वास पनि गर्यो र राज्य सञ्चालनको जिम्मेवारीमा राखेको छ ।’ अध्यक्षले समाजवादको आधारशीला खडा गर्ने दृष्टिकोणले उपस्थित चिकित्सकहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

नेकपाको सचिवालय बैठकले लामो छलफलपछि महत्वपूर्ण निर्णय लिएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १८:१६:२९