विश्व ते—क्वान्दो महासंघका अध्यक्षसहितको टोलीले अध्यक्ष प्रचण्डलाई भेट्यो

काठमाडौं, २० माघ । विश्व ते—क्वान्दो महासंघका अध्यक्ष डा. चुनगोउ चोउसहितको एक प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई आज साँझ लाजिम्पाटमा भेट गरेको छ । उक्त भेटमा डा. चोउले नेपाल रमणीय लागेको र पोखरा लगायतका ठाउँहरु भ्रमण गरेको बताउनु भएको थियो । उहाँले नेपालमा भूकम्प पीडितहरुको सहयोगका लागि पनि विश्व ते—क्वान्दो महासंघले गरेका कामहरुको चर्चा गर्नुभएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपाल विशिष्ट परिस्थितिबाट गुज्रिरहेको अवस्थामा नेपाली खेलाडीहरुले विश्व खेल जगतमा एकपछि अर्को किर्तिमान खडा गरेर आशा जगाई दिएको बताउनु भयो । उहाँले नेपालमा आएर भूकम्प प्रभावित क्षेत्रहरुमा गरेको सहयोगका लागि धन्यवाद दिनुभएको थियो । अध्यक्ष प्रचण्डले विश्व ते—क्वान्दो महासंघले विश्वमा गरेका सामाजिक कार्यहरुको बारेमा अभिरुचीपूर्वक सुन्नुभएको थियो । उहाँले नेपालमा आफ्नो पार्टीले खेलकूद क्षेत्रको विकासका लागि निकै महत्व दिँदै आएको बताउनु भयो ।

शुक्रवार नेपाल आएको उक्त प्रतिनिधि मण्डलले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेटीसकेको छ भने भोली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्ने नेपाली खेलाडी दीपक विष्टले बताउनु भयो । खेलाडी विष्टका अनुसार टोली भोली नै मरक्को प्रस्थान गर्नेछ ।

world_taekwondo_CMPrachanda (5)

world_taekwondo_CMPrachanda (3)

कात्तिक ७, २०८१ बुधबार ७:१२:२७