विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा

ललितपुर । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्नुभएका आरोही शम्भुु तामाङको स्वास्थ्यस्थिति बारे अध्यक्ष प्रचण्डले जानकारी लिनुुभएको छ । आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुुगी उहाँको स्थास्थ्य स्थितिबारे अध्यक्षले जानकारी लिनुभएको हो ।

सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा हुनुहुन्छ ।

तामाङको स्वास्थ्य अवस्था बारे अध्यक्ष प्रचण्डले चिकित्सकहरुबाट जानकारी लिनुभयो । अध्यक्षले उहाँको विगत र अहिले भईरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताउनुभयो ।

कात्तिक ७, २०८१ बिहीबार २:३२:२२