संविधान कागजको खोस्टो होइन, नेपाली जनताको अधिकारको दस्तावेज हो: अध्यक्ष प्रचण्ड

दाङ, १० बैशाख । अध्यक्ष प्रचण्डले संविधान कागजको खोस्टो नभई नेपाली जनताको अधिकारको दस्तावेज भएको बताउनु भएको छ । दाङको तुलसीपुरमा आयोजित थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, संविधानमा लेख्दैमा पाईयो भनेर हिँडियो भने केही हन्न, व्यवहारमा कार्यान्वयन भएन भने त्यो कागजको खोस्टो हुन्छ । ’

‘प्राप्त उपलब्धिलाई नलिईकन थप उपलब्धि गर्छुभन्नुमुखर्ता हो, प्राप्त उपलब्धिको संस्थागत गर्दै थप अधिकारका लागि लड्नुनै वुुद्धिपूर्ण देखेर मैले संविधान निर्माणमा अग्रसरता लिएको हुँ’–प्रचण्डले भन्नुुभयो–‘संविधान नबनेको भए मुलुुक गम्भिर खतरामा भासिने संकेत पाएपछि म जसरी भएपनि संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा देखिएको हुँ ।’

उहाँले असन्तुुष्टहरुको माग संवोधन गर्न छिट्टै संविधानको तेस्रो संशोधन गरिने बताउनुुभयो । ‘संविधानको संशोधन मार्फत धेरै मागहरुको उचित संवोधन गरिएको छ, अब पनि संविधान संशोधन गरेर बाँकी जाहेज माग पूरा गरिन्छ’–प्रचण्डले भन्नुुभयो–‘राष्ट्रियता, भौगोलिक अखण्डता र नेपाली जनतामा निहित सार्वभौमसत्ता बाँहेक सबै विषयलाई संविधानले परिवर्तनीयरुपमा स्वीकारी सकेकाले आगामी दिनमा संविधान थप परिस्कृत हुँदै जान्छ ।’ मधेशी तथा थारुहरुको आन्दोलनमा केही शक्तिकेन्द्रहरुले नाजाहेज फाइदा लिन खोसेको उल्लेख गर्दै उहाँले षडयन्त्रका विरुद्ध सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।

संघीयताको सिमांकन निर्धारण गर्दा थारु समूदायहरुको केही अन्यायमा परेको बताउँदै प्रचण्डले सिमांकनको विषयमा हेरफेर हुने जानकारी दिनुुभयो । ‘हिजो अघिल्लो संविधानसभामा माओवादी प्रमुख भूमिकामा रहेकावेल सबैको भावना समेट्ने गरी तयार पारिएको सिमांकनको खाकाको विरोध गर्ने साथिहरु अहिले आन्दोलनमा उग्ररुपमा अघि सर्नुभएको छ’–प्रचण्डले भन्नुुभयो–‘नोकरशाह, दलाल र पश्चगामी शक्तिहरुले जनताको भावनामाथि खेलवाद गरेर चलखेल गर्न खोजेकाछन्, यसको भण्डाफोर गर्न जरुरी छ ।’

प्रचण्डले जतिल परिस्थितिमा संविधान बनाउँनुपर्ने राष्ट्रिय आवश्यकता देखेर आँफूले केही ऐजेण्डा ठाँति राखेर भए पनि संविधान जारी गर्न सफल भएको बताउनुुभयो । गणतन्त्र, संघीयता, धर्मनिरपक्षता र समानुपाति समावेशीको ऐजेण्डा माओवादीको भएकाले ती कुरा संस्थागत गर्ने वर्तमान संविधान पनि माओवादीकै भएको उहाँको भनाई थियो ।
कार्यक्रमलाई संवोधन गर्दै एमाओवादीका सचिव वर्षमान पुन ‘अनन्त’ ले संविधान जारी संगै इतिहासले कोल्टो फेरको वताउनुभयो । उहाँले अब जातीय र वर्गीयरुपमा पछि परेका समुदायको अधिकार प्राप्तीका लागि थप संघर्ष गर्नुपर्ने आवश्यकता औंलयाउनुुभयो ।
एमाओवादीका स्थायी समिति सदस्य एवं ५ नम्मर प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ ले थारुहरुले अधिकार प्राप्तीकालागी ठूलो संघर्ष गरेको उल्लेख गर्दै अधिकार संस्थागत गर्न थप लडाई लड्नुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
थारु मुक्ती मोर्चाका केन्द्रीय संयोजक सन्तकुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान संघ २००७ का महासचिव विष्णु चौधरी, मगर मुक्तिमोर्चाका  भिमकुमारी बाठा मगर, मधेशी मुक्ती मोर्चाका  नन्दकिशोर यादवलगायतकाले वोल्नुभएको थियो । साउने थारुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन रामकुुमारी चौधरीले गर्नु भएको थियो ।

त्यसैगरी नेपाल वुद्धिजिवि संगठन दाङको जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारी शक्तिहरुबीच एकता आवश्यक भएको बताउनुुभयो । उहाँले त्यसका लागि तत्काल केही माओवादी शक्तिहरुबीच एकीकरण हुने जानकारी दिनुुभयो । राजनीतिक रुपमा उपलब्धिहरु हासिल भए पनि जनताका आवश्यकताहरु अँझै पूरा हुन नसकेकाले क्रान्तिकारी शक्तिहरु गोलवन्द हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रचण्डले संघीयता, धर्मनिरपक्षता, गणतन्त्र र समानुपातिक समावेशि लागु गर्नका लागि वृहत्तर राष्ट्रिय एकता समेत आवश्यक भएको बताउनुभएको हो । ‘जनयुद्ध र शान्तिप्रकृयाको नेतृत्व गरिसकेको हैसियत र अहिलेको आवश्यकताको आधारामा राष्ट्रिय एकताको नेतृत्वले माओवादीले नै गर्छ’–उहाँले भन्नुभयो–‘पूँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति पूरा गर्न सबै केन्द्रित हुनुपर्छ ।’ केही नेताहरु पार्टीबाट बाहिरिदा पार्टी कमजोर भएको जस्तो देखिएको उहाँले बताउनुभयो । ‘विरामी हुँदा उपचार गर्ने डाक्टर र वैद्य अहिले हाम्रो पार्टी भित्र हुनुहुन्छ, यसले मनोवैज्ञानीक रुपमा पार्टी कमजोर भएको प्रचार भएको छ’–प्रचण्डले भन्नुभयो–‘संगठनका हिसावले माओवादी कमजोर भए पनि नेतृत्व र ऐजेण्डाको आधारमा माओवादी एक नम्मरको पार्टी हो ।’ दुई वर्षभित्र संगठनको हिसाबले पनि पार्टीलाई एक नम्मरको बनाउँ सबै नेता कार्यकर्ता लाग्नुपर्ने उहाँको भनाई थियो ।

वुद्धिजिविहरुलाई अहिले प्राप्त भएका उपलब्धिहरुका विषयमा जनतालाई बुझाउन आग्रह गर्नुभयो ।
संगठनका संयोजक अरुणकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सर्जन गौतमले गर्नुभएको थियो । सम्मेलनले अरुण कुमार शर्माको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
तुलसीपुरस्थित उद्योग वाणिज्य संघका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डलाई जिल्लाको विकासका बारेमा  ६ बुँदे स्मरण पत्र पनि बुझाएका थिए । उनीहरुले अध्यक्षलाई विकास प्रेमी नेताको संज्ञा दिँदै जिल्लाका विकासमा पहल गरिदिनुहुने विश्वास पनि लिए ।
थारु राष्ट्रिय मुक्ति मोर्चाको बन्द सत्रका क्रममा आज साँझ अध्यक्षले थारु प्रतिनिधि र पर्यवेक्षकहरुलाई समाजवादी क्रान्तिका लागि तयार रहन निर्देशन दिनुभयो । उहाँले जनता जवसम्म सफल हुँदैनन् तबसम्म विद्रोह गरिरहने बताउनु भयो ।

tharu_3rd convention-dang (3) (Medium)tharu_3rd convention-dang (2) (Medium)tharu_3rd convention-dang (1) (Medium)tharu_3rd convention-dang (5) (Medium)

कात्तिक ७, २०८१ बुधबार ७:२५:२८