संविधान कार्यान्वयन र पुनर्निर्माणको निम्ति राष्ट्रिय सरकारः अध्यक्ष प्रचण्ड

CM_dhangadhiकैलाली, ३ माघ । अध्यक्ष प्रचण्डले अहिलेको देशको अवस्था, संविधान कार्यान्वयन, संशोधन र भूकम्पमा भएको क्षतिको पुनर्निर्माणको निम्ति राष्ट्रिय सरकारको आवश्यकता भएको बताउनु भएको छ । ७ नं. प्रदेशको बैठक र प्रशिक्षणका सिलसिलामा कैलालीको धनगढी पुग्नुभएका अध्यक्ष प्रचण्डले क्रान्तिकारी पत्रकार संघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । यही सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिनको लागि नेपाली काँग्रेससँग कुरा भएको पनि उहाँको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, ‘मधेसी मोर्चासँग खासगरी सिमांकनबारे राजनैतिक समिति बनाउन र ३ महिनाभित्र सिमांकनमा संशोधन गर्ने विषयमा छलफल भईरहेको छ ।’ अध्यक्ष प्रचण्डले पार्टीका महासचिव कमरेडलाई पार्टी तर्फबाट लचिलो भएर पेस हुने निर्देशन दिएको बताउँदै सहमति भयो भने नाका खुल्छ र स्थिति सहज हुँदै आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिको बैठकको निर्णय अनुसार नेपालको नयाँ संरचना अनुसार प्रदेशको बैठक गरिरहेका छौं । ७ नं. प्रदेशको बैठकको लागि यहाँ आएका हौं । मधेसी मोर्चा र हाम्रो कार्यदलको बैठक बसिरहेको छ । हिजोबाट राष्ट्रिय पुनर्निर्माणको महाअभियान शुभरम्भ भएको छ । यो खुसीको कुरा हो । पार्टी सचिव बर्षमान पुनको स्वास्थ्यस्थिति सुधार भएको छ । सभामुख भोलीसम्ममा फर्कने र सदन सञ्चालन गर्ने भनिएको छ ।’

 

माघ १९, २०८१ शनिबार ७:४५:५९