संविधान संशोधन र राष्ट्रिय सम्मेलनबारे छलफल प्रारम्भ

कार्तिक २५, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकमा संविधान संशोधन र पार्टीको राष्ट्रिय सम्मेलनबारे छलफल प्रारम्भ भएको छ ।
बिहीबारबाट सुरु भएको बैठकमा संविधान संशोधनबारे पार्टीको आधिकारिक धारणा र पार्टीको राष्ट्रिय सम्मेलनका विषयमा छलफल प्रारम्भ भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनमा पार्टीको धारणा र राष्ट्रिय सम्मेलनबारे नेताहरुले आफ्ना धारणा राख्नुभएको थियो ।
बैठकलाई निरन्तरता दिने गरी बिहीबारको बैठक सकिएको र बैठक निरन्तर सञ्चालन गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:१६:८