सचिवालय बैठकमा १९ जना नेताहरुद्वारा रिपोर्ट प्रस्तुत

साउन ४, काठमाडौं । सोमबारबाट जारी माओवादी केन्द्रको सचिवालय बैठकको चौंथो दिन पनि नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा रिपोर्ट प्रस्तुत गर्नुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेताहरुले चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको हो ।
बिहीबारको बैठकमा छिमिदोर्जे लामा, कुमारी मोक्तान, कृष्णध्वज खड्का, लक्ष्मण जैसी, हरिबोल गजुरेल, राम कार्की, सुरेश आले, ओम शर्मा, घनश्याम यादव, हिमाल किराँती, खगेन्द्र सेन, राजकुमार शर्मा, हरि दाहाल, दिनेश पन्थी, महेश्वर गहतराज, तिलक शर्मा, विश्वनाथ साह, राजकाजी गुरुङ र सूर्य सुवेदी गरी १९ जना नेताहरुले चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।
चुनावी समीक्षा गर्दै नेताहरुले संगठन पूनर्संरचनामा जोड दिँदै आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने धारणा राख्नुभएको थियो । शुक्रबारको बैठकमा अध्यक्ष कमरेड प्रचण्ड लगायतका शीर्ष नेताहरुले जवाफ दिने कार्यसूचि रहेको छ ।

असार ७, २०८३ आइतबार ६:५७:१९