सत्तापक्ष र मधेशी मोर्चाको बैठक शिंहदरबारमा

चैत्र ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सरकारमा संलग्न प्रमुख दल र मधेशी मोर्चाको बैठक सम्पन्न भएको छ ।
बिहीवार साझ शिंहदरवारमा बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष कमल थापा, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान शिंह, माओवादी केन्द्रका नेता मातृका यादव, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, शरदशिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झालगायत सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ८, २०८१ शुक्रबार ०:१२:५३