समग्र समस्या हल गर्न राष्ट्रिय सहमतिको अनिवार्य आवश्यकता : अध्यक्ष प्रचण्ड

काठमाडौं, २१ बैशाख । पार्टी संसदीय दलको बैठक दलका नेता तथा पार्टी अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा दलको कार्यालय सिंहदरबारमा बस्यो । उक्त बैठक अध्यक्ष क. प्रचण्डले बजेट अधिवेशनका बारेमा व्यवस्थापिका संसद सदस्यहरुलाई आजबाट बजेट अधिवेशन सुरु भएको बताउनु भयो । उहाँले अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुने बताउनु भयो । २ दिनसम्म समसामयिक विषयहरु मै छलफल हुने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले पुनर्निर्माण, खडेरी, डढेलो लागेको क्षेत्रका माननीय सदस्यहरुलाई सशक्त ढंगले सदनमा विषयहरु राख्न निर्देशन पनि दिनुभयो । साथै जनताले भोग्नु परेका जल्दाबल्दा समस्याहरुका विषयमा सदनमा राख्न विशेष दिर्नेशन दिनुभयो ।

बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले देशको वर्तमान स्थितिको बारे प्रकाश पार्दै समग्र समस्या हल गर्न राष्ट्रिय सहमतिको अनिवार्य आवश्यकता भएको बताउनु भयो । शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने, पुनर्निर्माणको कामलाई तीबैताका साथ अगाडि बढाउने संविधानको कार्यान्वयन गर्ने, मधेसको आन्दोलनलाई छलफलद्वारा हल गर्ने, जनजीविकाका समस्याहरुलाई समाधान गर्नुपर्ने बताउनु भयो । यसको निम्ति राष्ट्रिय सहमतिको अनिवार्यता रहेको अध्यक्षको भनाई थियो ।

कात्तिक ७, २०८१ बुधबार १३:१३:३८