सम्पूर्ण शक्ति केन्द्रित गरी प्रतिगामी अवसरवादी किल्ला तोड्न अध्यक्ष प्रचण्डको आग्रह

चितवन । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह गर्नुभएको छ । पूर्वी चितवनको खैरहनीमा राप्ती खैरहनी र रत्ननगर नगर कमिटिले संयूक्त रूपमा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्षले जनयुद्धको भीषण समयमा पूर्वी चितवनकै भूगोलमा बसेर ठूला ठूला फौजी तथा संगठानात्मक कार्यक्रम गरेको स्मरण गर्दै शान्ति प्रकृयापछि कता कता ओझेलमा परेको होकी भन्ने महसुस भएको बताउनुभयो ।

युद्धको समयमा पूर्वी चितवन आन्दोलनको केन्द्र थियो उहाँ भन्नुभयो, अवसरवादीहरू प्रतिगामीहरू थर्कमान हुन्थे, अहिले उनीहरू हाही भएका छन्य । यसलाई परास्त गर्न सम्पूर्ण नेता कार्यकर्ताहरू तयार हुनुहोस्, पार्टी हेडक्वाटरको तर्फबाट आवश्यक पहलकदमी लिनेछ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको समृद्धि ,संघियता धर्म निरिपेक्षता समानुपातिक समावेशी प्रतिनिधित्वसहितको एजेण्डा संविधानसभा मार्फत संविधानमा लिपीवद्ध गरेको बताउनुहुँदै भर्खरै सम्पन्न पार्टीको महाधिवेशनले समाजवादको दिशामा जाने विशेष खाका तय गरेको समेत बताउनुभयो ।

मानव जातिका लागि जलवायू परिवर्तनले पारेको प्रभावले मानव जीवनमा प्रतिकुल प्रभाव पैदा गरेको भन्दै यसलाई जोगायर कसरी मानव जीवनलाई कसरी सहज गराउने भन्नेमा पनि महाधिवेशनले ठोस नीति लिएको उहाँको भनाइ थियो ।

समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका लागि उत्पादकत्व बृद्धि र उत्पादन संयन्त्रमा वैज्ञानिक तालमेल मिलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले हजारौँ सहिद तथा वेपत्ता योद्धाहरूको बलिदानीबाट प्राप्त यो ऐतिहासिक उपलब्धीहरूलाई सिँध्याउन माले नामको प्रतिगामी तत्व माओवादीलाई सिध्याउन लागिपरेको बताउदै त्यसलाई रोक्न पनि माओवादी जाग्नै पर्ने बताउनुभयो।

समसामयिक राजनितिक अवस्था र आसन्न स्थानिय तह निर्वाचनका विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै प्रतिगमनकारीहरूलाई धुडा टेकाउन र अग्रगामी उपलब्ँधीहरूलाई संरक्षण गर्नपनि लोकतान्त्रि शक्तिहरूका बिच गठबन्धन भएको बताउनुभयो । देश जोगाउने सक्ती माओवादी मात्र हो भन्ने देशव्यापी रूपमा स्थापित भैसकेको भन्दै यहि एजेण्डालाई लिएर उच्च मनोबलका साथ संगठन निर्माणमा लाग्न आग्रह समेत गरेका गर्नुभएको थियाे ।

कात्तिक ८, २०८१ बिहीबार १०:१४:१८