सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सपथ र पदभार ग्रहण

श्रावण २०, काठमाडौं । नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुभएको छ ।
बुधबार दिउसो ३.३० बजे राष्ट्रपति निवास शितल निवासमा आयोजित विशेष समारोहका बीच सम्माननीय प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । समारोहमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, सम्माननीय प्रधान न्यायाधीश सुशीला कार्की, सम्माननीय सभामूख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्घय कृष्णबहादुर महरा, बिमलेन्द्र निधि, मन्त्रीहरू, संवैधानिक निकायका प्रमूखहरू, माननीय सभासदहरू, नेपाल सरकारका मूख्य सचिव, नेपालस्थित विभिन्न देशका महामहिम राजदुतहरू लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
सपथ ग्रहणपछि सम्माननीय प्रधानमन्त्रीद्वारा लैनचौरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । यसलगत्तै किर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलाल स्मृति प्रतिष्ठानमा पुगी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुभयो । सो अवसरमा सम्माननीय प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा प्रतिष्ठानमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै ने.क.पा.का संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठले दिशानिर्देश गरेको राजनीतिक, सांस्कृतिक र आर्थिक बाटोमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पुष्पलाल प्रतिष्ठानमा माल्यार्पणपश्चात् सम्माननीय प्रधानमन्त्रीबाट नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा पुगी सहिद तथा बेपत्ता योद्धा स्मारकमा माल्यार्पण गर्नुभयो । सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट उपस्थित जनसमुदायलाई बधाई ज्ञापन गर्दै धन्यवाद दिनुभयो ।
IMG_8539DSC_8617

कात्तिक ७, २०८१ बुधबार ७:२१:०