सरकार परिवर्तन गर्नुपर्दछ भन्ने मान्यतामा हाम्रो पार्टी छैनः अध्यक्ष

मोरङ, २० बैशाख अध्यक्ष प्रचण्डले ‘जन अपेक्षा अनुसार काम नभएको भए समिक्षा गर्ने तर सरकार परिवर्तन गर्नुपर्दछ भन्ने मान्यता आफूहरु नरहेको बताउनु भएको छ । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, समग्र परिस्थितिको मुल्याकंन गर्ने समय छ, सरकार वा मन्त्रीको विषयमा अल्झनु राम्रो हैन ।’

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन आउनु भएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँगको जिज्ञासामा वर्तमान सरकार परिवर्तन गरि हाल्नुपर्ने अवस्था नभएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टी सरकारको मुख्य हिस्सेदार भएपनि अहिले नै चावीको सित छ भनेर हिड्ने बेला नभएको बताउनुभयो । उहाँले देशमा देखिएको चुनौतीको सामना सबै राजनीतिक शक्तिबीचको एकताले मात्र चिर्न सकिने बताउनु भयो ।

Forum_republic_CMPrachanda_073-01-20 (4)सबै दलबीचको एकता सहितको राष्ट्रिय सहमति जरुरी रहेको उहाँको भनाई थियो । उहाँले दलहरुबीच बढेको ध्रुवीकरणलाई समेट्दै अगाडी बढ्नु नै अहिलेका लागि राष्ट्रिय हितमा हुने प्रष्ट्याउनुभयो । कसैले वा कुनै देशले भनेको भरमा नेपालको सरकार परिवर्तन हुने वा नहुने उहाँको भनाई थियो ।

अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले नेपालको बारेमा छिमेकी वा तेस्रो मुलुकका संसदमा छलफल हुनु गलत भएको बताउँदै समग्र निर्णय प्रक्रियामा नेपाली राजनीतिक दल र जनता सक्षम रहेको बताउनुभयो ।

त्यसैगरी मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको समस्या समाधान, संविधानको कार्यान्वयन, भुकम्प पूनर्निर्माण लगायत मुलुकको आर्थिक समृद्धिमा लैजान राष्ट्रिय राजनीतिकमा एकताको खा“चो रहेको बताउनुभयो । उहा“ले मुलुकलाई निकास दिन नेपाली कांग्रेस र मधेशवादी दलहरु सहमती र  एकताबाट भाग्नु नहुने बताउनुभयो ।

Forum_republic_CMPrachanda_073-01-20 (7)11Forum_republic_CMPrachanda_073-01-20 (6)Forum_republic_CMPrachanda_073-01-20 (7)Forum_republic_CMPrachanda_073-01-20 (4)22Forum_republic_CMPrachanda_073-01-20 (5)22Forum_republic_CMPrachanda_073-01-20 (3)Forum_republic_CMPrachanda_073-01-20 (1)

कात्तिक ७, २०८१ बुधबार ११:२०:२१