सरकार र मधेशी मोर्चाको बैठक सम्पन्न

पौष २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भुमिका खेल्ने सहमति भएको छ ।
शुक्रवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावसहित निर्वाचन सम्वन्धी बिधेयकहरु पारित गरेर स्थानीय तहको निर्वाचन सफल पार्न दलहरुलाई आग्रह गर्नुभएको थियो । बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सम्वन्धी कानूनलाई आवश्यक परिमार्जन सहित पारित गर्न सकारात्मक भुमिका खेल्ने सहमति भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिनु भयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उप प्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा वादल, मातृका यादव, पम्फा भुषाल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, ह्दयेश त्रिपाठी, अशोक राईलगायत सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार ११:१९:१९