सहि विचार र विधिको नेतृत्व भए देशले छिटो विकास गर्छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहि विचार र विधिकाे नेतृत्व भए देशले चाँडै विकास गर्ने बताउनुभएकाे छ । आइतबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयाे, “सहि विचार, सहि विधि पद्दति र सहि नेताहरूकाे नेतृत्व भयाे भने देशले छिटाेछिटाे तरक्की गर्दाे रहेछ ।गलत विचार, गलत विधि पद्दति र गलत व्यक्तिकाे हातमा नेतृत्व गयाे भने ठूल्ठूला प्रतिक्रान्तिकारी हर्कत हुँदा रहेछन् । याे कुरा तपाइँ हामीले देख्दै आएकाे हाे । ”

उहाँले देशभित्रका सामन्ती राजा–रजौटा र निरंकुशतावादीहरूसँग साँठगाँठ गरेर प्रम केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको बताउनुभयाे ।  यसका बिरुद्ध आन्दोलित हुनुपर्ने अवस्था आएको बताउनुहुँदै भन्नुभयाे, “दक्षिणपन्थी प्रतिक्रियावादीहरूको इसारामा ठूलो डिजाइनअन्तर्गत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धिमाथि प्रहार भएको छ” । विभिन्न आन्दोलनका उपलब्धिको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको उहाँकाे भनाई थियाे ।’ 

अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा विदेशी कम्पनीलाई अधिकार दिएर नेपाली किसानलाई अन्याय गरेको समेत बताउनुभयाे । उहाँले भन्नुभयाे, “उनले प्रतिगनमकारी कदम चालिसकेपछि कृषि क्षेत्रमा विदेशी कम्पनीहरूलाई लगानी गर्न दिने, विदेशीलाई राइँदाइँ गर्न दिने र नेपाली किसानहरूलाई अझ बढी गरिब, अझ बढी असहाय बनाउने र विदेशतिर लखेट्ने खेल सुरू भएको छ ।”

कात्तिक ६, २०८१ बुधबार २:४७:२२