सहिद र बेपत्ता परिवारको मुहार हसिलो नबनाई बिश्राम लिन्नौं :अध्यक्ष प्रचण्ड

बर्दिया, ३० जेठ । अध्यक्ष प्रचण्डले सहिद र बेपत्ता परिवारको मुहार हसिलो नभई आफूहरुले विश्राम नलिने बताउनु भएको छ । आज दिउँसो बर्दियाको सुर्यपटुवास्थित डल्ला भन्ने स्थानमा महान् सहिद क. बेदप्रसाद योगीको शालिक अनावरण गर्दै यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘ जबसम्म राष्ट्रको एकता बलियो हुने छैन, जवसम्म सहिद बेपत्ता परिवारको मुहार हसिलो हुने छैन तबसम्म हामी विश्राम लिने छैनौं ।’

अध्यक्षले माओवादी फेरि एक पटक एकतावद्ध भएकोले अब नेपाल नयाँ बन्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक जस्ता कुराहरु यसकै विरोधीहरुलाई समेत मान्न बाध्य पार्यौं । यि एजेण्डा नेपाली काँग्रेस एमालेले मानिदिए, त्यसका लागि धन्यवाद । यि एजेण्डा हाम्रा हुन् । यसको कार्यान्वयन हाम्रै नेतृत्वमा मात्र सम्भव छ । आफूले लगाएको बाली मागेर खाने जस्तो स्थिति हामी माओवादीको बन्यो । अब हामीले लगाएको बाली आफैं खाने हो । माओवादी अरुभन्दा फरक मान्यता, फरक परम्परा भएको फरक धातुले बनेको पार्टी हो । मानिसले विश्वास गरेका थिएनन् कि माओवादीले सिंगै देशलाई उचाल्न सक्छ भनेर । हामी सिधै सत्ता कब्जा गर्न चाहान्थ्यौं । तर देशको परिस्थितिको कारण सम्झौतामा आउनु परेको हो । शान्ति प्रक्रियामा आएपछि अलि अप्ठ्यारो पनि भएको हो । थारु समुदाय आफ्नो अधिकारको निम्ति कहिल्यै नझुकेर निरन्तर अगाडि बढेको समुदाय हो । अहिले हामी जुन नयाँ परिवर्तनमा आएका छौं, क. वेदप्रसाद जस्तै हजारौं कमरेडहरुको बलिदानले बनेको हो । वेदप्रसाद भौतिक र विचार दुबै दृष्टिले धनी हुनुहुन्थ्यो । पञ्चायती व्यवस्था भएकै बेला ३० वर्ष पहिले उहाँसँग भेट भएको थियो । यो गाउँमा १० दिन भूमिगत रहेर संगठन गरेको थिएँ । यो गाउँ २१ जनाले बलिदान गरेको गाउँ हो र देशमै बर्दिया जिल्लामा राज्यद्वारा सबैभन्दा बढि बेपत्ता पारिएको जिल्ला हो ।’ CMPrachanda_Bardiya-073-02-30 (6)CMPrachanda_Bardiya-073-02-30 (8)CMPrachanda_Bardiya-073-02-30 (1)CMPrachanda_Bardiya-073-02-30 (2)CMPrachanda_Bardiya-073-02-30 (3)CMPrachanda_Bardiya-073-02-30 (4)CMPrachanda_Bardiya-073-02-30 (5)CMPrachanda

कात्तिक ८, २०८१ बिहीबार १५:१५:३५