‘सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ’

बाँके, ३० जेठ । अध्यक्ष प्रचण्डले सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनु भएको छ । आज अपरान्ह बाँके जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई विशेष प्रशिक्षण दिँदै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो,‘हाम्रा उपलब्धी र हाम्रा एजेण्डाहरुको रक्षा गर्ने जिम्मेवारी हाम्रो हो अरुले गर्न सक्दैनन् ।’

उहाँले अगाडि भन्नुभयो, ‘अन्ध राष्ट्रवादले कुनै पनि कुनै पनि एकता कायम गर्न सक्दैन र राष्ट्रिय आत्मसमर्पणवादले राष्ट्रको रक्षा गर्न सक्दैन । माओवादले मात्र राष्ट्रिय एकता कायम गर्न सक्दछ । नेपाली क्रान्तिलाई पुरा गर्न र विश्व क्रान्तिको सेवा गर्न २१ औं शताब्दीको निम्ति नयाँ घोषणा पत्र दिने नयाँ अभिभारा सामु आएको छ । नयाँ घोषणा पत्रले नै नयाँ रणनीति र कार्यनीतिको विकास गर्न मार्ग निर्देश गर्नेछ । नेतृत्व पैदा गर्ने र हुने कुरा समाजको विकासको आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक सम्बन्धले निर्धारण गर्दछ । हाम्रो धेरै सपना ठूलो छ । यो सपना पुरा गर्न हामी सबै एकजुट हुनुको विकल्प छैन । हामी माओवादी फड्को हान्छौं, घिसेपिटे तरिकाले होइन, यो माओवादी विशेषता हो । पार्टी एकता प्रमुख कुरा हो र सारा देशलाई राजनैतिक रुपले अगाडि बढ्न नयाँ धक्का दिने हो ।’CMPracnahda_banke1

कात्तिक ८, २०८१ बिहीबार १७:६:५३