सुदूरपश्चिमका १५ आंगिक क्याम्पसका प्रमुखद्वारा अध्यक्षसँग भेट

काठमाडौं, २१ फागुन । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आंगिक क्याम्पसका क्याम्पस प्रमुख र क्याम्पस संचालक समितिका अध्यक्षहरुले सामुहिक भेट गरी क्याम्पस सञ्चालनका लागि पहल गरिदिन अध्यक्षस प्रण्चडसँग अनुरोध गरेका छन् । १५ वटा आंगिक क्याम्पसका ४४४ वटा दरबन्दीहरु स्वीकृती गरी कार्यान्वयन गराउन पहल गरिदिन अध्यक्ष प्रचण्ड समक्ष माग गरेका हुन् ।

अध्यक्ष प्रचण्डले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्न ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै उहाँहरुको माग जायज रहेको बताउनु भयो । अध्यक्षले सबै प्रक्रिया पुरा भईसकेको सन्दर्भमा पनि क्याम्पस सञ्चलनमा समस्या नहुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘म यस विषयमा उच्च स्तरीय राजनीतिक समन्वय समितिमा सबै दलहरु बीच छलफल गरेर क्याम्पस सञ्चालनको लागि पहल गर्छु ।’

सुदूरपश्चिममाञ्चल विश्वविद्यालयको तेस्रो सभाबाट सुदूरपश्चिममाञ्चलका नौ वटै जिल्लाहरुबाट १५ वटा सामुदायिक क्याम्पसहरुलाई आंगिक बनाउने निर्णय भईसकेको छ । जनसहभागितामा संचालित उक्त सामुदायिक क्याम्पसमा सुदूरपश्चिममाञ्चल क्षेत्रका ८० प्रतिशत विद्यार्थीहरु अध्ययनरत छन् । आंगिक क्याम्पसहरुको अनिवार्यतालाई मध्यनजरमा राखी उक्त १५ वटा क्याम्पसहरुमालाई आवस्यक रहेका ४४४ वटा दरबन्दी शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट पनि स्वीकृत भईसकेका छन् । अहिले अर्थ मन्त्रालयले बजेट नदिँदा आफूहरुले अध्यक्ष प्रचण्डलाई सोको पहल गर्न अनुरोध गर्नुपरेको उनीहरुले बताए ।

कात्तिक ७, २०८१ बिहीबार ४:२०:२८